हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री तिमिल्सिना

  • मङगलबार १६ असार २०८३ ०७:३६ AM
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा पुनः स्थापित गरिएको बताएका छन् । उनले भने, ‘परम्परागत हुलाक सेवालाई सरकारले प्रविधिमैत्री र विशिष्टीकृत ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकको घरदैलोमै सरकारी सेवा पु¥याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको छ