विराटनगर : मोरङको छुट्टाछुट्टै स्थानमा मंगलबार एकबिहानै सवारी दुर्घटना हुँदा एक जना युवको मृत्यु भएको छ । बालबालिकासहित १८ जना घाइते भएका छन् । उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा विहेको जन्ती बोकेको बस अनियन्त्रित भई दुर्घटनामा पर्दा अधिकांश बालबालिकासहित १८ जना घाइते भएका छन् । बिहान करिब ७ः१० बजेतिर उर्लाबारी नगरपालिका–५ को तरुण चोकमा ट्याक्टर दुर्घटना भएको हो । उर्लाबारी–मधुमल्ला सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १&ndash