उच्च अदालत पाटनका उपरजिष्ट्रारको निधन,शोकमा मुद्दाको सुनुवाइ स्थगन

  • मङगलबार १६ असार २०८३ ०१:०० PM
काठमाडौं :उच्च अदालत पाटनमा कार्यरत उपरजिष्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ। मंगलबार बिहान उनको निधन भएको हो।पराजुलीको निधनको शोकमा अदालतले आज तय भएका सम्पूर्ण मुद्दाको सुनुवाइ स्थगित गरेको छ। अदालतले सूचना जारी गर्दै उपरजिष्ट्रार पराजुलीको निधन भइ शोक परेकाले  सम्पूर्ण इजलासहरूबाट हुने मुद्दाहरूको सुनुवाइ स्थगित गरिएको जनाएको छ।