काठमाण्डु– जर्मनीमाथि ऐतिहासिक जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेपछि पाराग्वे सरकारले देशभर सार्वजनिक बिदा घोषणा गरेको छ। पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले मंगलबार (जुन ३०) सार्वजनिक बिदा दिने निर्णय गर्दै उक्त जितलाई राष्ट्रको गौरवसँग जोडिएको ऐतिहासिक उपलब्धि बताएका छन्। सोमबार भएको खेलमा दक्षिण अमेरिकी टोली पाराग्वेले चार पटकको विश्व च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा