काठमाडौं । ६८औँ संसद दिवसका अवसरमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच कार्यगत एकता र समान गति आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणालाई कमजोर हुन नदिनुपर्नेमा जोड दिए