कांग्रेसभित्र एकताको सन्देशसहित देउवा समूहको अन्तिम प्रदेश भेला आज

  • मङगलबार १६ असार २०८३ ०२:०२ AM
रूपन्देही । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा निकट समूहले आज लुम्बिनी प्रदेशस्तरीय भेला दाङको लमहीमा आयोजना गर्दैछ । समूहले यसअघि तयारी नपुगेका कारण स्थगित गरेको भेला आज गर्न लागेको हो । यो सातै प्रदेशमा आयोजना गरिने भेलामध्ये अन्तिम भेला हो । भेलाको मुख्य उद्देश्य पार्टीभित्र एकता कायम गर्ने, विशेष महाधिवेशनपछि अलग भएका तथा निराश