काठमाडौं । राष्ट्रिय सभामा ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत भएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३ ‘क’ को उपनियम (२) बमोजिम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक सभासमक्ष पेस गरेका हुन् । आर्थिक वर्ष २०८३/८४ को सेवा तथा कार्यहरूका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार प्राप्त गर्न र सो रकम विनियोजन