कमजोर सरकारले गर्न नसकेको सुधार वर्तमान सरकारले गर्यो : डा.स्वर्णिम वाग्ले

  • सोमबार १५ असार २०८३ १०:५३ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले ल्याएको नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित, राजस्व प्रणालीको सुधार र अर्थतन्त्रको औपचारिकीकरणमा केन्द्रित रहेको बताएका छन् । सोमबार राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले ऊर्जा क्षेत्र, कर सुधार, सार्वजनिक ऋण व्यवस्थापन र बजेट कार्यान्वयनका विषयमा सरकारको