काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज सूचना जारी गरेर विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय/विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन पत्राचार गरेपछि त्रिविले उक्त न