धनुषा । जलवायुमैत्री कृषि प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गर्दै धानमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइएको छ । २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा धनुषामा आज आयोजित कार्यक्रमका वक्ताहरूले देशलाई धानमा आत्मनिर्भर बनाउनका लागि समयानुकूल प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा