काठमाडौं । नेकपा (एमाले)की राष्ट्रिय सभा सदस्य मिनासिंह रखालले किसानलाई समयमा मल, बीउ तथा अन्य कृषि सामग्री उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गरेकी छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रखालले अनावृष्टि र अतिवृष्टिका कारण किसान समस्यामा परेको उल्लेख गर्दै प्रभावित किसानलाई तत्काल राहत र आवश्यक कृषि सहायता उपलब्ध गराउन सरकारसँग माग गरिन्