नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदबहाली गरेका छन्। उनले आज धितोपत्र बोर्डको कार्यालय पुगेर पदबहाली गरेका हुन् । उनलाई बोर्डका कार्यकारी निर्देशकहरु रुपेश केसी, मुक्तिनाथ श्रेष्ठ, विनयदेव आचार्य लगायतका कर्मचारीहरुले स्वागत गरेका थिए। त्यस अघि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । असार ५ The post धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टद्वारा पदबहाली appeared first on Businesspana.