एकातिर विद्यार्थी संगठन खारेज गर्ने अर्कोतिर बालबालिकालाई पार्टीको सदस्यता दिने यो कस्तो नीति हो : सांसद केसी

  • सोमबार १५ असार २०८३ ०१:१० PM
काठमाडौं । एकातिर विद्यार्थी संगठन खारेज गर्ने अर्कोतिर बालबालिकालाई पार्टीको सदस्यता दिने यो कस्तो नीति हो भनेर संसद्मा प्रश्न उठेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्ष मुनिका बालबाालिकालाई समेत सदस्यता दिएको विषयमा सांसदहरूले प्रश्न उठाएका हुन् । सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले भने, ‘एकातिर विद्यार्थी युनियनहरू खारेज गर्ने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्ष भन्दा मुनि ३५ हजार बालबालिकालाई पार्टीको सदस्य बनाएर हिँडाउने के यो विरोधाभाष भएन र