सरकारी अस्पतालमा जन्मने शिशुलाई सुनको औंठी उपहार

  • सोमबार १५ असार २०८३ ०२:०१ PM
चेन्नाई : भारतको तमिलनाडु सरकारले राज्यका सरकारी अस्पतालहरूमा जन्मने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औंठी उपहार दिने घोषणा गरेको छ। मुख्यमन्त्री सी. जोसेफ विजयको नेतृत्वमा रहेको सरकारले 'थाइमामन थङ्गा मोथिरा थिट्टम' (मामाको सुनको औंठी योजना) अन्तर्गत यो लोकप्रिय कार्यक्रम ल्याएको हो।तमिल संस्कृतिमा नवजात शिशुलाई मामाको तर्फबाट सुन उपहार दिएर स्वागत गर्ने 'थाइमामन सिर' परम्परा रहेको छ। सोही सांस्कृतिक मान्यतालाई आत्मसाथ गर्दै अब सरकारले नै राज्यका प्रत्येक शिशुको 'मामा