७ खर्ब ५५ अर्ब बेरुजु, सुशासनमाथि गम्भीर चुनौती : सभामुख अर्याल

  • सोमबार १५ असार २०८३ ०८:११ AM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास आजको आवश्यकता भएको बताएका छन् । सोमबार महालेखा परीक्षक कार्यालयको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक वित्त व्यवस्थापनको स्वरूप, सूचना प्रविधिको तीव्र विकास, जोखिमका नयाँ क्षेत्र तथा नागरिकको बढ्दो अपेक्षाअनुसार लेखा परीक्षण प्रणालीलाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने आवश्यकता