रास्वपाले बालबालिकाहरुलाई पार्टी सदस्य बनाएकोमा राष्ट्रिय सभा सांसदहरुको आपत्ति

  • सोमबार १५ असार २०८३ ०८:०६ AM
राष्ट्रिय सभाका सांसदहरुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरुलाई पार्टी सदस्यता दिएर संविधान, कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् । सोमवार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसदहरु चन्द्रबहादुर केसी, जगत तिमिल्सिनाले संविधान, कानून र अन्तराष्ट्रिय कानूनको समेत उलंघन गर्दै उक्त पार्टीले ३५ हजार भन्दा बढी बालबालिकाहरुलाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै