सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो

  • सोमबार १५ असार २०८३ ०७:०८ AM
म्याग्दी । विगतमा धुलोमा धानको ब्याड राखेर बिरुवा उमार्ने म्याग्दीको मालिका गाउँपालिका–७ डाडागाउँका किसान नारायण पाइजाले यसपाली पानीबीउ राखे । डाडाँगाउ नजिकैको देउराली स्थित खेतमा पाइजाले यसपाली असार महिनामै धान रोपाईको तयारी गरेका छन् । ‘सिँचाइको सुविधा नभएकाले धान खेतलाई बाँझो बस्न नदिन केही वर्ष कोदो पनि रोप्नुपरेको थियो,’ उनले भने ‘यसपाली सिँचाई आयोजना निर्माण