असार १५ नेपाली समाजमा राष्ट्रिय धान दिवसका रूपमा मनाइन्छ । हिलोमा धान रोप्ने, दही–चिउरा खाने र कृषिप्रति सम्मान प्रकट गर्ने यो दिन नेपाली संस्कृति र परम्पराको अभिन्न अङ्ग हो । तर असार १५ केवल रोपाइँको उत्सव मात्र होइन, यो खाद्य सुरक्षा, किसानको जीवन, आर्थिक समृद्धि र राष्ट्रिय सुरक्षाप्रतिको हाम्रो सामूहिक उत्तरदायित्व स्मरण गर्ने अवसर पनि