आज राष्ट्रिय धान दिवस : दही–चिउरा खाँदै हिलोमा धान रोपेर असार १५ मनाइँदै

  • सोमबार १५ असार २०८३ ०३:४४ AM
असार १५, कपिलवस्तु । हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर दही–चिउरा खाँदै र हिलोमा धान रोपेर मनाइँदै छ। खेतमा काम गरेर थकित भएका किसानले शक्ति प्राप्ति र शरीरमा शीतलता मिल्ने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ। असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ। खेतीपातीमा संलग्न