किमाथांका – संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । आईतबार चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए । वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ