सङ्खुवासभामा चट्याङ लागेर एक महिलाको मृत्यु

  • आइबार​ १४ असार २०८३ ०३:४६ PM
काठमडौं । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज चट्याङ लागेर ३९ वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताए । वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते हुनुभएकी राई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ