काठमाण्डु– एमालेले आफ्ना उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको गिरफ्तारीलाई प्रतिशोधपूर्ण तथा विपक्षीलाई तर्साउन र एमालेलाई बदनाम गर्न चालिएको षड्यन्त्रको संज्ञा दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद डा. पुष्प कँडेलले पौडेलको गिरफ्तारी गत चैतमा अध्यक्ष केपी ओलीलाई गरिएको पक्राउको दोश्रो संस्करण भएको टिप्पणी गरे । पौडेल निर्दोष रहेको जिकिर गर्दै तत्काल रिहा गर्न