काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसदमार्फत दिनुपर्ने जवाफ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको मञ्चबाट दिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै काँग्रेस सांसद् रेणुका काउछाले काँग्रेसहित विपक्षीले ‘नेपालले पनि भारतको जमिन धेरै ठाउँमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन र सो अभिव्यक्ति फिर्ता लिन पटकपटक