तोलामा चार हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  • आइबार​ १४ असार २०८३ ०५:४६ AM
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी रु १४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन रु दुई लाख ८३ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३२५ कायम भएको छ