आफैले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

  • आइबार​ १४ असार २०८३ ०१:१२ AM
प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लास्थित सडकमा भएको सवारी दुर्घटनामा परी स्वर्गद्वारी नगरपालिकाका उपमेयर मिनराज राना मगरको निधन भएको छ। प्रहरीका अनुसार स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेका उपमेयर राना मगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल खसेपछि दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका राना मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।