सरकारले सुरु गरेको बस्ती हटाउने अभियानको विरोधमा सुकुम्वासीहरूले शनिवार पनि माइतीघरमा प्रदर्शन गरेका छन् । उचित विकल्प र व्यवस्थापन बिना नै आफूहरूलाई विस्थापित गरिएको भन्दै उनीहरूले सरकारविरुद्ध आक्रोश व्यक्त गरेका हुन् । थापाथलीस्थित बागमती किनारको बस्तीबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूले सरकारले प्रस्ताव गरेको प्रतिपरिवार २५ हजार रुपैयाँको आर्थिक राहतलाई ठाडै अस्वीकार गरे