काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन माग गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमाले नेता महेश बर्तौलामार्फत् मानवअधिकार आयोगमा निवेदन दर्ता गराएका हुन् । ओलीले भदौ २३ का सन्दर्भमा आयोगको प्रतिवेदनले बोले पनि भदौ २४ का सन्दर्भमा कुनै पनि कुरा उल्लेख नगरेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्