८० वर्षका सबै ट्रम्प हुँदैनन्, ३६ वर्षका सबै बालेन हुँदैनन्ः लिङदेन

  • शनिबार १३ असार २०८३ ०९:४४ AM
काठमाण्डौं– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिमा उमेर मात्र सबैथोक नहुने बताएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा उनले पार्टी नेतृत्व हस्तान्तरणको आवाज उठाउने युवा नेताहरुतर्फ लक्षित गर्दै उमेर सबैथोक नभएको बताएका हुन् । राप्रपामा २५ देखि ८० वर्षसम्मका सदस्यहरु संगठित रहेको र युवा र अनुभवीहरुको अत्यन्तै राम्रो संयोजन भएको पार्टी राप्रपा मात्र भएको जिकिर