विराटनगरका गुन्डा नाइके अभिषेक गिरी पक्राउ

  • शनिबार १३ असार २०८३ १२:०१ PM
विराटनगर : नेपाली कांग्रेसको संरक्षणमा आपराधिक राज चलाइरहेका विवादास्पद छविका गुन्डा नाइके अभिषेक गिरी पक्राउ परेका छन् । शनिबार बिहान गिरीको विराटनगर मधुमारास्थित घरमा छापा मारेको प्रहरीले  घरबाटै उनलाई नियन्त्रणमा लिएको हो ।घरमा अवैध हतियार लुकाएर राखेको आशंकामा पुगेको प्रहरीले जिल्ला कारागार मोरङका कैदीबन्दीसँग रकम असुल गरेको आरोपमा गिरीलाई पक्राउ गरेको हो । कारगारलाई आफ्नो नियन्त्रणमा लिएर कैदीबन्दीमाथि असुली धन्दा चलाइरहेका थिए । पैसा बुझाउन नसक्नेलाई कारागारभित्रै चरम यातना दिने गरिएक