पर्वत- रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका का एक युवाले मासिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। पर्वतको जलजला गाउँपालिका-८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका हुन्। विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका