काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि लामिछानेले आफ्नो पार्टीको राजनीतिक उपस्थितिले देशका कुनै पनि शक्ति, नागरिक समाज वा सञ्चार जगत् भयभित र त्रसित हुनुपर्ने अवस्था नरहेको बताएका छन्। शुक्रबार प्रथम राष्ट्रिय महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपा प्रतिशोधको राजनीतिभन्दा माथि उठेर परिपक्व संस्कारका साथ अघि बढ्ने बताए। शपथ ग्रहणपछि सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘हाम्रा राजनीतिक क्रियाकलाप, अभिव्यक्ति र उपस्थितिले देशका प्रबुद्ध वर्ग, नागरिक समाज, सञ्चार जगत्, अन्तर्राष्ट्रिय समुदाय वा राजनीतिक वृत्त कोही पनि त्रसित हुनु पर्दैन। हामीमाथि आउने प्रश्नहरूबाट भाग्ने होइन, तिनको रचनात्मक सामना गर्दै जनतालाई ... The post हाम्रो उपस्थितिले कोही त्रसित हुनु पर्दैन : रवि लामिछाने appeared first on Kalika Khabar.