काठमाण्डु – भेनेजुएलामा बुधबार गएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म ९२० जनाको मृत्यु भएको छ भने ३ हजार ३६० जना घाइते भएका छन् । भेनेजुएला सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ९२० जनाको मृत्यु र ३ हजार ३६० जना घाइते भएका हुन् । भूकम्पपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली