काठमाडौं । नेपाली, नेपालभाषा र मैथिली भाषाका एक दर्जनभन्दा बढी नेपाली स्रष्टाले आफ्नै स्वरमा वाचन गरेका रचनाका अंश लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी डिजिटल अभिलेखमा समावेश भएका छन् । यससँगै यो ध्वनि अभिलेख विश्वभरका पाठक, अध्येता र अनुसन्धानकर्ताका लागि खुला भएका छन् । दक्षिण एसियाली साहित्यिक ध्वनि अभिलेख परियोजनाअन्तर्गत ती ध्वनि सामग्री हालै नयाँ डिजिटल स्वरूपमा