एउटै मञ्चमा देखिँदैछन् ओली–प्रचण्ड

  • शनिबार १३ असार २०८३ ०७:०० AM
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार काठमाडौंमा लामो समयपछि एउटै मञ्चमा देखिँदै छन् । एमालेसँग संसद् र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने सार्वजनिक अभिव्यक्ति दिएका प्रचण्ड र ओली एउटै मञ्चमा देखिन लागेका हुन्। स्रोतका अनुसार मदन भण्डारी फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक व