‘एक्सप्रेस वे’ मा चलेको सरकार दुर्घटनाको नजिक छ : रामकुमारी झाँक्री

  • शुक्रबार​ १२ असार २०८३ ०४:०१ PM
काठमाडौं : नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई जोगाएर विपक्षी दलका नेताहरुलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार बसेको राष्ट्रियसभा बैठकको बिशेष समयमा बोल्दै झाँक्रीले आफ्नो पार्टीको नेतालाई लागेको फौजदारी अभियोग सरकारले फिर्ता लिने काम गरेको र एक जनाको बयानका भरमा एमाले उपाध्यक्ष बिष्णु पौडेललाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएकी हुन् ।उनले आफूसँग प्रतिस्पर्धी राजनीतिक दलहरूका नेतालाई चुप लाग्ने बनाउनका लागि बङ्गलादेश र पाकिस्तानको मोडलको अभ्या