राम मन्दिरको भेटी चोरी प्रकरण : आठजनाविरुद्ध मुद्दा दायर

  • शुक्रबार​ १२ असार २०८३ ०४:०१ PM
काठमाडौं : भारतको उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरको भेटी चोरी प्रकरणमा आठजनाविरुद्ध मुद्दा दायर भएको छ। भेटी चोरीसम्बन्धी एसआईटीको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्री योगी आदित्यनाथलाई बुझाएपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।अयोध्याका एसएसपी गौरव ग्रोभरका अनुसार राम मन्दिरको दान बाकसबाट नगद र बहुमूल्य सामान चोरी भएको आरोपमा आठजनाविरुद्ध मुद्दा दर्ता भएको हो।उनीहरूमाथि अनुसन्धान सकिएलगत्तै अदालतमा पेश गरिने जनाइएको छ। चोरीमा दुई करोड डलरभन्दा बढीको अपचलन भएको हुनसक्ने बताइएको छ।&n