सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लागुऔषधसँग सम्बन्धित विभिन्न ऐन तथा कानुनहरूले सशस्त्र प्रहरी बल नेपालको भूमिकालाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । सीमा सुरक्षामा परिचालित सशस्त्र प्रहरी बलको परिचालनलाई थप प्रभावकारी बनाउन विद्यमान ऐन-कानुन