चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनको तयारी भएको छ । उपसभापति बाहेक अन्य पदमा निर्वाचन हुन लागेको हो । खुला उपसभापतितर्फ डा. स्वर्णिम वाग्लेको मात्र उम्मेदवारी परेका कारण निर्विरोध भइसकेका छन् । उपसभापति पदका लागि सोविता गौतम र तोशिमा कार्की प्रतिस्पर्धाको दौडमा छन् ।२ महामन्त्री पदमध्ये खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने एक महामन्त्री पदमा ८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले जारी गरेको पदाधिकारीको उम्म