ओखलढुङ्गा : ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका नागरिकले अदालतका बन्द ढोकाभित्र हुने बहस घरमै बसेर प्रत्यक्ष हेर्न पाउने भएका छन् । उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासले आजदेखि सार्वजनिक सरोकारका रिट निवेदनहरूको सुनुवाइ प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिमिङ) मार्फत सुरु गरेको छ । अदालतको कार्यक्षेत्र माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु छन् ।न्यायिक प्रक्रियामा पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकता दिँदै सुरु गरिएको यो अभ्यासले नेपालको न्याय प्रणालीमा डिजिटल यु