२० वर्ष पुगेका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

  • शुक्रबार​ १२ असार २०८३ ०६:०४ AM
जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा उक्त योजना समावेश गर्दै यसबाट छोरीहरूको उच्च शिक्षामा पहुँच बढ्ने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने