रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

  • शुक्रबार​ १२ असार २०८३ ०४:४० AM
रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा कुटपिट, दुर्वेवहार तथा निरन्तर धम्की दिएको भन्दै सामूहिक रूपमा राजीनामा दिएका छन् । उनीहरूको राजीनामासँगै गाउँपालिकाको पूर्वाधार शाखामार्फत सञ्चालन हुने नापजाँच, अनुगमन, योजना कार्यान्वयन तथा भुक्तानी प्रक्रियासमेत प्रभावित भएको छ । गाउँपालिकाको लेटरप्याडमा जारी गरिएको विज्ञप्तिमा केही समययता उपभोक्ता समितिसँग सम्बन्धित तथा अन्य व्यक्तिहरूबाट प्राविधिक कर्मचारीमाथि