दक्षिण ललितपुरमा सञ्चार पहुँच कमजोर, विपद्को बेला झन् बढ्छ जोखिम

  • शुक्रबार​ १२ असार २०८३ ०१:३७ AM
ललितपुर । राजधानी नजिकै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै पनि भरपर्दो सञ्चार सुविधाबाट वञ्चित छन् । सञ्चार सेवाको कमजोर पहुँचका कारण स्थानीय बासिन्दाले दैनिक जीवनदेखि आकस्मिक अवस्थामा समेत विभिन्न समस्या भोग्दै आएका छन् । महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीका अनुसार गाउँपालिकाले सञ्चार सेवा विस्तारका लागि पटक–पटक सम्बन्धित निकाय तथा नेपाल दूरसञ्चार प्राधिकरणसँग