कफीमा सेतो गवारोको सङ्क्रमण बढेपछि गुल्मीका किसान चिन्तित

  • बिहीबार ११ असार २०८३ ०१:३१ PM
गुल्मी । ‘लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म आफूले मेहनत गरेर हुर्काएका बोटहरु काट्नुपर्दा मन निरास भयो । कफीखेती कसरी जोगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ’, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाकी कफी किसान कृषक माया भट्टराईले भनिन् । यो उनको मात्र पीडा होइन । कफीको जननी जिल्ला भनेर चिनिने गुल्मीसहित अर्घाखाँची र प्यूठानका