सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्वासीहरूलाई पाँच दिनभित्र खाली गर्न ‘अल्टिमेटम’ दिएपछि उनीहरू आक्रोशित बनेका छन् । विकल्प बिना नै २५ हजार दिएर सरकारले होल्डिङ सेन्टर खाली गर्न लगाएको उनीहरूको आरोप छ । दुई महिनाअघि असुरक्षित बस्ती हटाउने र ६० दिनभित्र स्थायी समाधान दिने आश्वासनसहित सरकारले उनीहरूलाई होल्डिङ सेन्टरहरुमा ल्याएर राखेको थियो । तर, प्रतिबद्धता पूरा