प्रदेश खारेजको नीति लिएर रास्वपाले समाजमा राजनीतिक द्वन्द्वको बीउ नरोपोस् : पूर्वमुख्यमन्त्री पोखरेल

  • बिहीबार ११ असार २०८३ ०१:०० PM
काठमाडौं : पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको विषयलाई लिए रास्वपाले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बीउ नरोपोस् भन्ने कुरामा सचेत हुन जरुरी रहेको बताएका छन्। आज दिउँसो सामाजिक सञ्जालमार्फत उनले चुनावका बेला 'प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने' दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी ले महाधिवेशनमार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको टिप्पणी गरेका हुन्। एमालेका महासचिवसमेत रहेका पोखरेलले संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा