काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि मतदान सुरु भएपछि प्रतिनिधिहरु धमाधम घर फर्कन थालेका छन् । तोकिएको समयभन्दा महाधिवेशन दुई दिन लम्बिएपछि प्रतिनिधिहरु घर फर्किन थालेका हुन् । बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यका लागि मतदान जारी छ । बिहीबार दिउँसोसम्म मतदान प्रक्रिया जारी रहने अनुमान गरिएको छ