शरद चन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा उमेश मास्के र सन्दीप लामिछाने सम्मानित

  • बुधबार १० असार २०८३ ०५:०८ PM
शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (एससीएसएमएफ) ले नेपाली खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई खेल व्यक्तित्वलाई ‘एससीएसएमएफ खेलकुद पुरस्कार २०२६’ प्रदान गरेको छ। मंगलबार काठमाडौंको कमलादीस्थित होटल रोयल सिंगीमा आयोजित विशेष समारोहमा नेपाली बक्सिङका वरिष्ठ खेलाडी तथा ओलम्पियन उमेश मास्के र राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछानेलाई सम्मान गरिएको हो। फाउण्डेसनले बक्सिङ खेलको विकास