गैरकानुनी रुपमा थुनामा राखेको भन्दै विष्णु पौडेलकी पत्नी पुगिन् सर्वोच्च

  • बुधबार १० असार २०८३ ०६:०० PM
काठमाडौं :सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धानका लागि पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। बुधबार पौडेलकी पत्नीले आफ्ना श्रीमानको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।सर्वोच्च अदालतका सह-रजिष्ट्रार अर्जुनप्रसाद कोइरालाले रिटको पेशी बिहीबारलाई राखिएको अन्नपूर्णलाई जानकारी दिए। सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई सोमबार सुर्खेतब