काठमाडौं । सर्वोच्च अदालत न्यायाधीश हरिप्रसाद फुयाँलले हरेक व्यवसाय मानव अधिकारमैत्री तवरले सञ्चालन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आज आयोजना गरेको ‘व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद’ मा उनले व्यवसाय गर्दा उत्पन्न हुने मानव अधिकार जोखिमप्रति जिम्मेवारी सञ्चालकले लिनुपर्ने बताए । ‘नियामक निकायले निष्पक्ष र सक्षम अनुगमन गर्नुपर्छ, प्रभावित व्यक्ति वा समुदायले