काठमाडौं । नेपाल प्रहरीले पनि अब १५/१५ दिनमा तलब पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले बजेट सञ्चालन गर्ने सबै प्रहरी कार्यालयलाई अर्ध मासिकरूपमा १५ दिनमा तलब दिन पत्राचारसमेत गरिसकेको छ । प्रशासन विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालयकुमार श्रेष्ठद्वारा सोमबार हस्ताक्षरित परिपत्रमा भनिएको छ, ‘अर्थमन्त्रीस्तरको ४ वैशाखको निर्णय र महालेखा नियन्त्रक कार्यालयको २१ वैशाखको पत्रअनुसार